पोखरा । पोखरा महानगरपालिकाले १० वटा सामुदायिक विद्यालयमा निःशुल्क चाइनिज भाषाका कक्षा सञ्चालन गर्ने भएको छ । पोखराका विद्यालयमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो ।
अङ्ग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा एक वर्षसम्म १० वटा विद्यालयमा चाइनिज भाषाका थप (अतिरिक्त) कक्षा सञ्चालन हुनेछन् । जसका लागि १० जना भोलेन्टियर चाइनिज शिक्षक पोखरा आइपुगेका छन् ।
सम्झौता अनुसार पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेम्जा, बिष्णुपादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अर्घाैँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा यही भाद्र २७ गतेदेखि निःशुल्क चाइनिज भाषाको कक्षा सञ्चालन हुनेछ । यसले विद्यार्थीको भाषागत ज्ञानमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
भूमण्डलीकरणको पछिल्लो परिवेशमा अध्ययन, अवलोकन र पर्यटनलगायतका विभिन्न व्यवसायिक क्षेत्रमा भाषागत ज्ञानको निपूर्णताले व्यक्तिगत सबलीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । क्रमशः यसलाई विस्तार गर्दै लैजाने योजना रहेको महानगरले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो