एप्पलले नयाँ प्रो मोडल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ। सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो।
प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ। आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ।
यी फोनमा भएको डिस्प्ले आईफोनमा भएको सबैभन्दा ठूलो डिऊ रहेको दाबी गरिएको छ। यसमा १२० हर्ज रिफ्रेस रेट पाउन सकिन्छ। कम्पनीले यी मोडेलमा प्रो मोसन डिस्प्ले उपलब्ध गराएको छ।
फोनको फ्रेममा भने फाइभ ग्रेड टाइटानियम फ्रेम समावेश गरिएको छ। यसअघिको आईफोन १५ प्रो मोडलभन्दा यो फ्रेम बढी बलियो र टिकाऊ हुने दाबी कम्पनीको छ।
यसमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्जानेजमेन्टको सुविधा भएको जनाएको छ। त्यसबाहेक यी मोडेलमा अहिलेसम्मकै राम्रो ब्याट्री रहेको कम्पनीको दाबी छ।
यी मोडेल ए १८ प्रो बायोनिक चिपसेटद्वारा सञ्चालित छन्। यो ए १८ भन्दा शक्तिशाली भएको कम्पनीले जनाएको छ। यसमा १७ प्रतिशत बढी मेमोरी ब्यान्डविथ छ। जीपीयूका सन्दर्भमा यसमा ६ कोर जीपीयु छ। ए १७ प्रोको तुलनामा यो २० प्रतिशत शक्तिशाली भएको दाबी गरिएको छ।
फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ। त्यस्तै अल्ट्रावाइड एङ्गलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ। यसमा अटो फोकसको सुविधा पनि छ।
आईफोन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर रहेको छ भने आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर कायम गरिएको छ।
सम्बन्धित खबर
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु