पोखरा । पोखरामा सहकारीपीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कालोझण्डा देखाएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई कालो झन्डा देखाउँदै नाराबाजी गरेका हुन् ।
लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधनका लागि पोखरामा आएका थिए ।
रास्वपाले पोखरा बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा प्रदेशस्तरीय कार्यक्रम राखेको छ ।
सहकारी पीडितहरूले कार्यक्रमस्थलबाहिर जम्मा भएर विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरूको बचत रकम हिनामिना गरेको भन्दै नाराबाजी गरेका छन् ।
आफूहरूको दमनमा प्रहरी ठुलो संख्यामा ल्याइएको भन्दै प्रदर्शनकारी आक्रोशित छन् ।
पीडितहरूले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् । लामिछाने गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा मुछिएका छन् । उनीमाथि छानबिन भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा प्रहरीले रवि लामिछानेसँग केही दिनअघि बयान लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा सहितको टोलीले काठमाडौं गएर रवि लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको थियो ।
सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरूको संलग्नता अस्वीकार गरेका छन् ।
३१ असार २०७८ मा पुलेसो कर्जा मार्फत लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फर्छ्याैट भएको पनि भेटिएको थियो । यसबारे प्रहरीले लामिछानेसँग सोधपुछ गरेको हो ।
रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्कको क्रिएटिभ डाइरेक्टर थिए । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?