गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आत्महत्या रोकथाम विश्वमै चुनौतीपूर्ण रहेका बताएका छन् ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले विश्व आत्महत्या रोकथाम दिवसको दिन मंगलबार बिहान पोखरामा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागी हुँदै आत्महत्या रोकथाम विश्वभरी नै चुनौतीको बिषय बनेको बताएका हुन् ।
मन्त्री पाठकले आत्महत्याको दर भयावह रूपमा बढिरहेको भन्दै यसको नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र आम जनताको प्रयास र सहयोग आवश्यक रहेको बताए ।

‘जीवन हाम्रो अमूल्य चीज हो, स्वस्थ जीवन जिउन अपरिहार्य छ ।’ स्वास्थ्यमन्त्री पाठकले भने– ‘विद्यालयदेखि लिएर गाउँबस्तीसम्म यस विषयमा सबैले चासो दिनुपर्ने हुन्छ ।’
“आत्महत्या रोकथामबारे संवाद सुरू गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, जिल्ला समन्वय अधिकारी नवराज बराल, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयका महाशाखा/ शाखा प्रमुखहरु, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख तथा कर्मचारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा नर्सिङ क्याम्पस, महिला स्वास्थ्य स्वयंसेविकाहरु, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।
बिहान चिप्लेढुङ्गाको मानव अधिकारचोकबाट पोखरा सभागृहसम्म र्याली गरेर सभागृहको प्राङ्गणमा सभा गरेर विश्व आत्महत्या रोकथाम दिवसको मनाइएको थियो ।

सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
वालिङ्का इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ