स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जलाको प्लेटफर्ममा १ बिलियन (एक अर्ब) फलोअर्स प्राप्त गरेका छन्।
सामाजिक सञ्जालमा रहेका उनका सबै आधिकारिक एकाउन्टका फलोअर्सको संख्या जोड्दा उनले १ अर्ब फलओअर्स प्राप्त गरेका हुन्।
पोर्चुगिज स्टारलाई चर्चित सामाजिक सञ्जालहरुमा निकै राम्रो समर्थन रहेको छ। उनलाई सामाजिक सञ्जाल एक्स मा १ सय मिलियन बढीले फलो गर्दा इन्स्टाग्राममा ६०० मिलियनले फलो गरेका छन्।
केही समयअघि मात्र युट्युव रिलिज गरेका रोनाल्डोले त्यसमा पनि ६० मिलियन सस्क्राइब पाएका छन्। त्यस्तै फेसबुकमा उनका १ सय ७० मिलियनबढी फलोअर्स रहेका छन्। साथै उनी चाइनिज सामाजिक सञ्जालमा समेत लोकप्रिय छन्। चाइनिज सामाजिक सञ्जाल कुआइशोमा उनका करिब ९ मिलियन समर्थक रहँदा विबोमा ७ मिलियन बढी समर्थक छन्।
उनले आफ्नो १ अर्ब फलोअर्स भएसँगै सबै समर्थकलाई धन्यवाद दिएका छन्। उनले समाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै भने,’हामीले इतिहास बनाएका छौं- एक अर्ब फलोअर्स! यो केवल एउटा संख्यामात्र होइन- यो हाम्रो साझा जोश, दृढता, र खेलप्रतिको प्रेमको प्रमाण हो।’
उनले अगाडि थपे,’माडेरियाका गल्लीहरूदेखि विश्वका ठूला मञ्चहरूसम्म, मैले सधैं मेरो परिवार र तपाईँहरूको लागि प्रतिस्पर्धा गरेको छु, अब हामी १ अर्ब जना एकसाथ उभिएका छौं।’
उनी अगाडि लेख्छन्,’तपाईँहरू मेरो प्रत्येक कदममा साथमा हुनुहुन्थ्यो, सबैभन्दा माथि र सबैभन्दा तलको अवस्थामा पनि। यो यात्रा हाम्रो साझा यात्रा हो, र हामीले सँगै कुनै पनि लक्ष्य असम्भव छैन भन्ने देखाएका छौं।’
रोनाल्डोले भने,’मलाई विश्वास गर्नुभएकोमा, तपाईँहरूको समर्थनका लागि र मेरो जीवनको हिस्सा हुनुभएकोमा धन्यवाद। अझ उत्कृष्ट कुराहरु आउन बाँकी छ र हामीसँगै अघि बढिरहनेछौं। जित हासिल गर्नेछौं, र इतिहास रचिरहनेछौं।’
रोनाल्डोले आफ्नो करिअरमा पाँच पटक बालोनडि’ओर जितेका छन्। अहिलेसम्म विश्वकप जित्न नसकेका उनले युरोपियन च्याम्पियनसिपको उपाधि जितेका छन्।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह