एक वर्षमा क्षयरोगबाट स्याङ्जाका १४ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा क्षयरोग संक्रमण भएका १४ जनाको मृत्यु भएको हो ।
गत आ.व. २०८०/८१ मा जिल्लाभर मध्येबाट वालिङ् नगरपालिकामा ७९ जना, पुतलीबजार नगरपालिकामा ४३, गल्याङ नगरपालिकामा ५०, चापाकोट नगरपालिकामा ३३, भीरकोट नगरपालिकामा २३, फेदीखोला गाउँपालिकामा छ जना, कालीगण्डकी गाउँपालिकामा २३, हरिनास गाउँपालिकामा पाँच जना, विरुवा गाउँपालिकामा १०, अर्जुनचौपारी गाउँपालिकामा पाँच जना र आँधीखोला गाउँपालिकामा चार जना गरी २८१ जना क्षयरोगका बिरामी रहेको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
उनमा अनुसार क्षयरोगबाट संक्रमित बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेका छन् । क्षयरोग संक्रमण भएको थाहा लागेपछि समयमै औषधि सेवन गरेर रोग निको बनाउन सकिने उनको भनाइ थियो ।
जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्यांकअनुसार जिल्लामा प्रतिलाख जनसङ्ख्यामा १३४ जना क्षयरोगी भेटिने गरेका छन् । प्रतिलाख जनसङ्ख्यामा २३० देखि २४० जनासम्म क्षयरोगी भेटिने भए पनि जिल्लामा अझै पनि परीक्षणको दरमा कमी रहेको कार्यालय प्रमुख चापागाईंले बताए । प्रमुख चापागाईंका अनुसार क्षयरोगका लक्षण देखिएपछि तथा लगातार खोकी लागिरहेमा स्वास्थ्य संस्थामा गएर क्षयरोग जाँच गर्नुपर्छ भन्ने सचेतनाको कमी भएको देखिएको छ ।
जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट क्षयरोगको औषधी निःशुल्क रुपमा वितरण भइरहेको छ । औषधी नियमित रुपमा सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ । चिकित्सकहरुका अनुसार निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाक हुने जस्ता लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने बताउँछन् ।
सम्बन्धित खबर
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
भरुवा बन्दुकसहित एक युवक पक्राउ
कालीगण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श माविलाई
गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य
स्याङ्जामा फरार दोषी पक्राउ: १ हजार जरिवाना तिर्न बाँकीदेखि जजकमा संलग्नसम्म
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट