स्याङ्जाको पुतलीबजार नगरपालिका -३ गुडिखोलाकी जमुना कुमालको ओमनमा रहस्यमय मृत्यु भएको छ । हत्याको आशंका रहेकोले कुमाल परिवार न्याय खोज्दै हिँडेको छ ।
स्याङ्जाकी जमुनालाई चितवनका सन्तोष लोचन र सन्ध्या लोचनले राम्रो काम लगाइदिने आशमा ललाईफकाई गरी ओमन पुर्याएको उनको परिवारले बताएको छ । उनी पाँच महिना पहिले अवैध कामदारका रुपमा ओमन पुगेकी थिइन् ।
उनकी बहिनी प्रीति कुमालका अनुसार ओमनमा एजेन्टका रुपमा रहेका ओम पौडेलले घरबाट पैसा माग्न भनी दैनिक यातना दिन थालेका थिए । त्यतिबेलासम्म जमुना भने ओमनमा घरेलु कामदारका रूपमा रहेको बहिनी प्रीतिले बताइन् ।
‘सबै राम्रो हुन्छ पैसा कमाई हुन्छ भनेर यहाँबाट दिदीलाई लगे । सुरुको ४ महिना जति राम्रै थियो, त्यसपछि ओम पौडेलले एक लाख पैसा नदिए मारिदिन्छु भन्दै धम्की दिन थालेको कुरा दिदीले फोनमा हामीलाई बताइरहन्थिन् ।’ बहिनी प्रीतिको भनाइ थियो ।
बहिनी प्रीतिले भनिन् `दिदीले मारिदिन्छु भन्दै धम्काएका छन् भनेपछि हामीले ऋण खोजेर गरगहना बेचेर एक लाख रुपियाँ ओमनका ओम पौडेललाई पठाइदिएका थियौं ।´ उनले पैसा पाएपछि जमुनालाई एकदुई दिनमै घर फर्काइदिने भनेको भोलिपल्टै दूतावासमार्फत जमुनाको मृत्युको खबर पाएको बताइन् ।
जमुना कुमालको परिवार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जमुनाको हत्याको आशंकामा न्याय खोज्दै पुगेको छ । तर अवैध बाटोमार्फत घरेलु कामदार भन्दै ओमन पुगेकी उनको मृत्युको कारण के हो भनेर पत्ता लगाउन कठिनाई भएको छ ।
जमुनाको परिवारका सदस्य भावविह्वल हुँदै हत्या गर्ने दलालहरुलाई कडा कारबाही गरिदिन भन्दै न्याय खोज्दै अनुरोध गरेका छन् । जमुनाका बुबाले, ‘छोरी त मरिमरि तर हामी हत्याराहरुलाई सजाय भएको देख्न चाहन्छौं । सत्यतथ्य छानविन भई दोषीलाई कारबाही होस् ।´ भन्दै अनुरोधका साथ न्याय मागेका छन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्