पाेखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाकाे सरूवा भएकाे छ ।
दलबलसहित जापानकाे काेमागाने भ्रमणमा रहेका थापाकाे गृहमन्त्रालयमा सरूवा भएकाे छ ।
मन्त्रिपरिषद्काे गत २७ गतेकाे बैठकले थापासहितका सहसचिवकाे सरूवा गरेकाे हाे । थापा २०८० साउनमा सरुवा भइ पोखरा आएका थिए । त्यसअघि थापा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थिए ।
थापाकाे स्थानमा पोखरा महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईं आउँदैछन्। चौलागाईं लामो समय हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेर काम गरेका थिए ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ । बालेनसँग ट्युन मिलाएका उनी ८ महिनामै सरूवा भएका हुन् ।
काठमाण्डौं महानगरको नयाँ प्रशासकीयका रूपमा रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई सरुवा गरिएको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा तीन दिने खेलकुद कार्यक्रम सुरू
पोखराका बजारमा चाडबाड केन्द्रीत अनुगमन
पोखरामा गुञ्जिए जनताका गायक जीवन शर्मा
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु
एमेच्योर फुटबलमा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन
शान्ति निकेतन स्कूलको ‘डिलाइट अफ क्रियशन’ पुस्तक विमोचन
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०