स्याङ्जामा संविधान दिवस विविध कार्यक्रम गरी तीन दिनसम्म मनाइने भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यतामा साथ तीन दिन मनाउन अपिल जारी गरेको छ ।
गत भदौ २८ गते भएको निर्णय अनुसार संविधान दिवस मनाउने मूल समारोह समितिबाट असोज २, ३ र ४ गते नेपालको संविधानका विषयमा केन्द्रीत रही तीनै दिन विशेष संवाद, परिसंवाद, सार्वजनिक सवारीसाधनमा राष्ट्रिय झण्डा फहराउन, आम नागरिकहरूलाई आआफ्नो घरको छत तथा बरण्डामा र सार्वजनिक निकायका कार्यालयहरुमा राष्ट्रिय झण्डा मर्यादापुर्वक राखी दीप प्रज्वलन गर्न सम्बन्धित सबै निकायमा अनुरोध गरिएको प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत संयोग भट्टराईले जानकारी दिए ।
उनका अनुसार, नेपाल पत्रकार महासंघ लगायत स्थानीय विद्युतीय तथा छापा सञ्चार र रेडियोको माध्यमबाट संविधान दिवस तथा राष्ट्रिय दिवससङ्ग सम्बन्धित कार्यक्रमहरु संचालन तथा समाचार सम्प्रेषण गर्न, गराउन अनुरोध गरिएको छ ।
संविधान दिवसका अवसरमा गरिने विविध कार्यक्रममध्ये असोज २ गते नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डा लगायतको राष्ट्रभक्तिको विषयमा केन्द्रीत रही विशेष संवाद, परिसंवाद लगायत आम जानकारीका लागि सूचना सम्प्रेषण गर्ने, विद्यालय तथा कलेजमा कविता, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता जस्ता कार्यक्रम रहेका छन् ।
सोही दिन बिहान ८ बजे सदरमुकाम स्थित सहिद चोकमा रक्तदान कार्यक्रम रहेको छ र रक्तदाताहरु साथै स्याङ्जा कारागारका कैदीबन्दीहरुलाई फलफूल वितरण गरिनेछ । जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा सार्वजनिक संघसंस्था र आम नागरिकको सहभागितामा सहिद चोकमा साँझ ६ बजे दीप प्रज्वलन गरिने छ ।
त्यस्तै, उपयुक्त दिन पारी वृक्षरोपण कार्यक्रम तथा पुतलीबजार नगरपालिकाका जेष्ठ नागरिक, अशक्त अपांग नागरिकहरुलाई पालिकाभित्रका स्वास्थ्य संस्थाहरु मार्फत घरघरमा निशुल्क स्वास्थ्य परिक्षण तथा सामान्य उपचार संचालन गर्ने कार्यक्रम रहेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाउने क्रममा असोज ३ गते बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय स्याङ्जाको प्राङ्गणबाट प्रभातफेरी कार्यक्रम गर्ने र सहिद चोकमा पुगेर ज्ञात- अज्ञात सहिदहरुको आत्माको चीरशान्तिको कामनसहित उच्च सम्मानका साथ श्रद्धासुमन सलामी अर्पण गरिनेछ ।
यसैगरी, असोज ४ गते पुतलीबजार नगरपालिका स्थित चण्डीकालिका बहिरा आधारभूत विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरुलाई हितकर शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिनेछ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा