पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा दिवाकर जैसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको २२ औं साधारणसभा तथा नवौं अधिवेशनले हिल पोइन्ट मावि पोखरा, माटेपानीका प्राचार्य जैसीलाई अध्यक्ष निर्वाचित गरेको हो ।
समिति उपाध्यक्षमा ढाकाराम कँडेल, उपाध्यक्ष पूरन कुँवर, सचिवमा प्रतिभा माविका प्राचार्य किरण सापकोटा, कोषाध्यक्ष राजेन्द्र पौडेल र सहसचिव आनन्दप्रसाद अधिकारी चयन भए ।
सदस्यमा नवीन बराल, खिमबहादुर गुरुङ, शिवबहादुर रेग्मी, शिवबहादुर भण्डारी, नारायण आचार्य, टेकनाथ पौडेल, विकास पहारी, प्रेमराज अधिकारी, विकल पौडेल, शर्मिला गुरुङ र आमोद कोइराला छन् ।
हिसान केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
यमबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हिसान केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, हिसान धौलागिरी अध्यक्ष कृष्ण केसी, जिल्ला खेलदुद विकास समिति कास्की प्रमुख तोरणबहादुर बानियाँ, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, एन प्याब्सन कास्की अध्यक्ष हेमन्तराज अधिकारी, यूनिप्स उपाध्यक्ष विनोकुमार नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष जैसीले आफ्नो कार्यकालमा सबैको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले व्यावहारिक शिक्षामा जोड दिँदै शैक्षिक गुणस्तरमा विशेष ध्यान दिने बताए । नवनिर्वाचित समितिलाई हिसान केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा स्वागत दिवाकर जैसी र संचालन ढाकाराम कँडेलले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन