मुस्ताङका ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा ट्रकमा लोड गरी बेपत्ता भएका एक जना पक्राउ परेका छन् ।
कास्की प्रहरीका अनुसार मुन्ना भनेर चिनिने मोहम्मद फकिरलाई पक्राउ गरिएको हो । घटना विवरण अनुसार गत असोज १ गते अपरान्ह ४ बजेको समयमा मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ वारागुङ बस्ने ताक्ला गुरुङको घरगोठमा गई मोहम्मदसहित ३ जनाले च्याङ्ग्राको मोलमोलाई गरेका थिए ।
रुपन्देही शुद्धोधन गा.पा. वडा नं. ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ मासवार बस्ने वर्ष ५० को मोहम्मद फकिर समेत ३ जना व्यक्तिहरुले च्याङ्ग्रा खरिद गर्छौ भनी १०३ वटा च्याङ्ग्राहरु बयालिस लाखमा खरिद गर्ने जनाएका थिए ।
तर, पैसा अहिले नलिई आएको र पोखरा गएपछी दिन्छौँ भनी विश्वास दिलाई च्याङ्ग्रा धनी ताक्ला गुरुङ समेतलाई संगै ल्याएकोमा पोखरा ड्यामसाईड स्थित होटलमा सुतेको अवस्थामा उक्त च्याङ्ग्रा सहितको गाडी लिई सम्पर्क विहिन भएको भन्ने जाहेरीको आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो ।
असोज ३ गते नै ४०–५० वटा च्याङ्ग्रासहितको ट्रक चितवनमा भेटिएको थियो । तर, च्याङ्ग्रा चोरेर गायब हुने फकिर सम्पर्कविहीन नै रहेकोमा असोज ७ गते पोखरा म.न.पा. वडा नं. ४ स्थित कोठाबाटै फकिरलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।
कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
च्याङ्ग्राहरु असोज २ गते पोखरा वडा नं. २५ घट्टेखोलाबाट अन्य सवारी साधनहरुमा लोड गरी बिक्री बितरण गरेको उनले प्रहरीसामु बयान दिएका छन् ।

सम्बन्धित समाचारः
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’