पोखरा । परिवारको सुखको लागि ज्यानलाई जोखिममा राखेर विदेशिएका ज्ञानबहादुर थापामगर रसियामा हरायपछि उनको परिवार बिचल्लीमा परेको छ । दलालमार्फत् रसिया पुगेका थापा १० महिनादेखि सम्पर्क बिहीन भएपछि ५ जनाको परिवार बिचल्लीमा परेको हो ।
बर्दिया जिल्लाको बाँसगडी नगरपालिका वडा नं. ७ का स्थायी घर भएका ४२ वर्षीय थापाको ५ जनाको परिवार यतिखेर पोखरा १६ बाटुलेचौरमा कोठा भाडामा लिएर जिविकोपार्जन गर्दै आएको छ ।
रसिया गएको एक वर्ष भयो, मंसिरको १३ गते अन्तिम पटक फोन सम्पर्क भएको थियो त्यसपछि सम्पर्कबिहीन भएको थापाकी श्रीमती इन्दिरा थापामगर बताउँछिन् । रसिया जाँदा ७ लाख लागेको थियो ।
गहभरी आँशु पारेर भक्कानिदै इन्दिराले भनिन्, श्रीमानसँग सम्पर्क नहुँदाको समय कसरी बित्यो खासै थाहै छैन । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ताले सताएको छ । जतिसक्दो छिटो उहाँ सम्पर्कमा आउने विश्वास छ ।
‘रसिया पुगेपछि उहाँले भन्नुहुन्योे, पहिलो क्याम्पमा राम्रो सुविधा थियो, दोश्रो क्याम्पमा सारेपछि खान समेत समस्या भएपछि दिदी राजकुमारी थापाले १३ हजार पठाइदिनुभयो, युक्रेनको युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन त्यसअघि पनि कुनै पनि रकम पठाउनु भएन,’ इन्दिराले भनिन् ।
निशुल्क टिकट र भिषामा दुवई जाने तयारी भएको थियो, दलालको प्रलोभनमा परेपछि एकाएक मन परिवर्तन गरेर रसियामा जाने सोच बन्यो भन्नुभयो, हामी सवै परिवारले युद्धरत क्षेत्रमा नजानुहोस भने पनि परिवारको सुखका लागि उनले जोखिम उठाएको थिए ।
इन्दिरा थापा भन्छिन्, ‘मुटुको रोगी कान्छो छोरा कक्षा दुईमा पढ्छ, अस्पतालले शल्यक्रिया गर्नु पर्ने भनेको थियो अहिले नियमित औषधी खुवाउन सकेत मुस्किल परेको छ । डिएनए परीक्षणका लागि सम्पर्क बिहीन थापाको दिदी काठमाडौं गएकी थिइन् ।
सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गंगा र छोरी अमृता सहित पाँच जनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । वर्दियाबाट ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको छ ।
मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेशीने सयौं नेपालीहहरु एकाएक रुस युक्रेन युद्धमा होमिन पुगेका परिवारले वेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएको उनले बताइन् । रासस
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’