नवलपुर । नवलपुर जिल्लाको बौदीकाली गाउँपालिकाको १ र २ नम्बर वडाका अधिकांश गाउँमा बाँदरले आतंक मच्चाएपछि गाउँ पुरै सुनसान जस्तै छ । जंगलछेउका गाउँमा बाँदर आतंककै कारण खेतीपाती गर्न नपाएपछि गाउँले अन्त बसाइँ सरेका छन् भने जंगल छेउका गाउँ खालेपछि बाँदर जंगलदेखि भित्रका गाउँमा पनि पस्न थालेका छन् ।
बौदीकाली २, डेढगाउँका स्थानीयवासी मनोज कोइरालाका अनुसार अहिले पहाडी क्षेत्रका माथिल्लो वस्तीहरु रित्तिदै गएपछि बाँदर तल्लो वस्तीमा पनि पस्न थालेका छन् । गाउँमा १ जना घर छाड्नै नहुने गरी घर र बारी पालैपालो कुर्न बाध्य हुनुपरेको मनोज कोइरालाले गुनासो गरे ।
गाउँमा अलिअलि भएका वासिन्दा बाँदरले खेती गर्न नदिएपछि गाउँ छाड्दा त्यसको असर जंगलभन्दा परपरको गाउँमा पनि पर्न थालेको छ । त्यसो त पहिला गाउँघरमा रहेका भरुवा बन्दूक, एकनाले बन्दूक पड्काउदा बाँदर भगाउन सजिलो भए पनि अहिले प्रहरी प्रशासनले त्यो पनि रोकेकोले थपाउनै नसकिएको बौदीकाली १ का टकबहादुर कार्की क्षत्री बताए ।
बाँदर धपाउनकै लागि दौडधूप बढेपछि कतिपय खेती गर्न छाडेका छन् भने कतिपयले बाँदरले नखाने खेती छानी छानी गर्न बाध्य भएका छन् । गाउँमा बाँदर आतंक बढ्नुको मुख्य कारण बसाइँसराइ भए पनि, बाँदर आतंककै कारण पनि मानिस गाउँ छाड्न बाध्य भएका हुन् ।
बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले गाउँमा बाँदर आतंक बढेपछि नियन्त्रण गर्न कार्यदल गठन गरेको बताए । ओझाले गाउँमा बाँदर आतंक बढेसँगै चितुवा पनि आउन थालेर गाउँले थप त्रसित हुनुपरेको बताए ।
त्यसो त, पहाडी क्षेत्रका बस्तीमा बाटोघाटो स्वास्थ्य शिक्षा लगायतको सुविधा अभावका कारण पहाडका वासिन्दा बसाइँ सरेर तराई झर्ने वा नजिकका बजारमा सर्ने गरेका छन् । त्यसमाथि बाँदर आतंकले गाउँमै बस्न नसक्ने भएपछि भोलिका दिनमा पहाडका ग्रामीण क्षेत्रमा बचेखुचेका बस्ती रित्तिदै जाने देखिन्छ ।
सम्बन्धित खबर
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु
पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने
विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर
पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा