पोखरा वडा नंं. १४ मझेरीपाटन स्थित मेरो नेपाल युवा क्लबको आयोजनामा असोज १९ गतेदेखि छैटौं सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक मेरो नेपाल युवा क्लबले महान चाड दसैँको अवसरमा रामेश्वरी स्कूल मैदानमा छैटौं संस्करणको फुटबल प्रतियोगिता गर्ने जनाएको हो ।
प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको क्लबका अध्यक्ष एकेन्द्र कुँवरले सुनाए । द्वितिय पुरस्कार १ लाख १ हजार एक सय ११ छ । प्रतियोगितामा हाई स्कोररलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ६ हजार, उत्कृष्ट गोलकिपरलाई ५ हजार र अनुशासित टिमलाई दर्ता शुल्क बराबर पुरस्कार दिने अध्यक्ष कुँवरले जानकारी दिए ।
टिम दर्ताका लागि ९ हजार रूपैयाँ लाग्ने कार्यक्रम संयोजक दिनेश कुँवर बताए । उनी क्लबका उपाध्यक्षसमेत हुन् । संयोजक कुँवरका अनुसार प्रतियोगितामा ५० बढी टिम दर्ता हुने आँकलन रहेको सुनाए । हालसम्म एक दर्जन टीम दर्ता भइसकेका छन् । १७ गतेसम्म टीम दर्ता गर्न सक्नेछन् ।
क्लबले यो सेभेन ए साइड प्रतियोगिता पोखरामा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार राशी भएको दाबी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोल नेपाल डटकमले गर्ने अध्यक्ष कुँवरले बताए ।
प्रतियोगिता सफल पार्न क्बलले अर्थ संकलन समिति, खेलाडी तथा टिम व्यवस्थापन उपसमिति, शान्ति सुरक्षा उपसमिति, मैदान व्यवस्थापन समिति, स्वयंसेवक परिचालन उपसमिति, खानेपानी व्यवस्थापन समिति, संघ संस्था परिचालन उपसमिति र प्रचार—प्रचार उपसमिति गठन गरेर काम अगाडि बढाएको छ ।
यस्तै, स्वास्थ्य उपसमिति, कार्यक्रम तयारी उपसमिति, खाजा तथा खाना व्यवस्थापन उपसमिति, सांस्कृतिक उपसमिति लगायतका उपसमितिहरूले पनि काम अघि बढाइरहेका प्रतियोगिताको प्रचारप्रसार उपसमितिको संयोजक पृथ्वी कुँवरले जनाएका छन् ।
क्लबका निवर्तमान अध्यक्ष दिवस कुँवरले मेरो नेपालले गर्ने फूटबल प्रतियोगिताले पोखरा १४ को परिचय बनाएको बताए । क्लबमा लागेदेखि नै समाजप्रतिको उत्तरदायित्व बढेको बढेको उनको भानाइ थियो ।
क्लबले प्रत्येक दुई वर्षमा प्रतियोगिता गर्दै आइरहेको छ । ०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि मेरो नेपाल युवा क्लब स्थापना भएको हो । यो क्लब पोखराको पुरानो क्लबमध्ये एक हो । क्लबका अध्यक्ष कुँवरका अनुसार यो प्रतियोगिताले पोखरा १४ लाई एक सुत्रमा बाँध्ने काम गरेको छ ।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?