पोखरा वडा नंं. १४ मझेरीपाटन स्थित मेरो नेपाल युवा क्लबको आयोजनामा असोज १९ गतेदेखि छैटौं सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक मेरो नेपाल युवा क्लबले महान चाड दसैँको अवसरमा रामेश्वरी स्कूल मैदानमा छैटौं संस्करणको फुटबल प्रतियोगिता गर्ने जनाएको हो ।
प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको क्लबका अध्यक्ष एकेन्द्र कुँवरले सुनाए । द्वितिय पुरस्कार १ लाख १ हजार एक सय ११ छ । प्रतियोगितामा हाई स्कोररलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ६ हजार, उत्कृष्ट गोलकिपरलाई ५ हजार र अनुशासित टिमलाई दर्ता शुल्क बराबर पुरस्कार दिने अध्यक्ष कुँवरले जानकारी दिए ।
टिम दर्ताका लागि ९ हजार रूपैयाँ लाग्ने कार्यक्रम संयोजक दिनेश कुँवर बताए । उनी क्लबका उपाध्यक्षसमेत हुन् । संयोजक कुँवरका अनुसार प्रतियोगितामा ५० बढी टिम दर्ता हुने आँकलन रहेको सुनाए । हालसम्म एक दर्जन टीम दर्ता भइसकेका छन् । १७ गतेसम्म टीम दर्ता गर्न सक्नेछन् ।
क्लबले यो सेभेन ए साइड प्रतियोगिता पोखरामा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार राशी भएको दाबी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोल नेपाल डटकमले गर्ने अध्यक्ष कुँवरले बताए ।
प्रतियोगिता सफल पार्न क्बलले अर्थ संकलन समिति, खेलाडी तथा टिम व्यवस्थापन उपसमिति, शान्ति सुरक्षा उपसमिति, मैदान व्यवस्थापन समिति, स्वयंसेवक परिचालन उपसमिति, खानेपानी व्यवस्थापन समिति, संघ संस्था परिचालन उपसमिति र प्रचार—प्रचार उपसमिति गठन गरेर काम अगाडि बढाएको छ ।
यस्तै, स्वास्थ्य उपसमिति, कार्यक्रम तयारी उपसमिति, खाजा तथा खाना व्यवस्थापन उपसमिति, सांस्कृतिक उपसमिति लगायतका उपसमितिहरूले पनि काम अघि बढाइरहेका प्रतियोगिताको प्रचारप्रसार उपसमितिको संयोजक पृथ्वी कुँवरले जनाएका छन् ।
क्लबका निवर्तमान अध्यक्ष दिवस कुँवरले मेरो नेपालले गर्ने फूटबल प्रतियोगिताले पोखरा १४ को परिचय बनाएको बताए । क्लबमा लागेदेखि नै समाजप्रतिको उत्तरदायित्व बढेको बढेको उनको भानाइ थियो ।
क्लबले प्रत्येक दुई वर्षमा प्रतियोगिता गर्दै आइरहेको छ । ०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि मेरो नेपाल युवा क्लब स्थापना भएको हो । यो क्लब पोखराको पुरानो क्लबमध्ये एक हो । क्लबका अध्यक्ष कुँवरका अनुसार यो प्रतियोगिताले पोखरा १४ लाई एक सुत्रमा बाँध्ने काम गरेको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस