नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल गृह जिल्ला स्याङ्जा आउने भएका छन् ।
मुख्य सचिवमा नियुक्त भएपछि पहिलोपटक आफ्नै गृह जिल्ला आउने भएपछि स्याङ्जामा स्वागतको भव्य तयारी समेत गरिएको छ ।
असोज १२ गते शनिवार र १३ गते आइतबार दिउँसोसम्म मुख्य सचिव स्याङ्जामा रहने हुँदा उनको स्वागत तथा सम्मान कार्यक्रमको लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जा तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
शनिवार आँधीखोला गाउँपालिकामा अर्यालको अभिनन्दन कार्यक्रम सहित उनले पढेका दुई विद्यालयद्वारा आयोजित कार्यक्रममा रहने बताइएको छ । पुतलीबजार नगरपालिका -११ सुम्रेखोला घर भएका अर्याल मावली घर बसेर आँधीखोला गाउँपालिका -३ बिचारीचौतारा पुवाडाँडा स्थित राष्ट्रिय मावि र चिलाउनेवास स्थित जनप्रदिप माविमा अध्ययन गरेका थिए ।
आँधीखोला गाउँपालिकाले अर्यालले पढेको विद्यालय साथै रङ्गेठाँटी स्थित प्रधुम्न पनेरु मावि पुग्ने र निजामती कर्मचारीहरुको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त भएकोमा पालिकाले आफ्नो सभाहलमा बधाई, सुभकामना अभिनन्दन सहित सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ ।
यसैगरी, आइतबार जिल्ला समन्वय समिति स्याङ्जाले वालिङ्मा अर्याललाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । वालिङ् उद्योग वाणिज्य संघको सामुदायिक हलमा आयोजित सो कार्यक्रममा संघीय सांसद, प्रदेशका सांसदहरु, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, राजनीतिकदल, नागरिक समाज, पत्रकार, आमा समूह, विभिन्न जातजातीका संघसंस्था लगायतको सहभागितामा अर्याललाई स्वागत तथा सम्मान गरिने जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले जानकारी दिए ।
प्रजिअ सुनिता नेपालले नेपाल सरकारको मुख्य सचिवमा स्याङ्जाकै व्यक्ति नियुक्त हुँदा स्याङ्जाबासीले ठूलो अपेक्षा राखेको बताउँदै मुख्य सचिव अर्यालसङ्ग यहाँका राजनीतिकदल, जनप्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाज र पत्रकारहरु सहित स्याङ्जाको समग्र विकास निर्माणका बारेमा छलफल हुने जानकारी दिइन् ।
यसैबीच, कार्यक्रममा ईलाका प्रशासन कार्यालय वालिङ्को भवनका लागि जग्गा प्रदान गर्ने जग्गादाताको सम्मान समेत गरिने कार्यक्रम छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु