स्याङ्जाको आँधीखोला गाउँपालिकाले नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याललाई एक कार्यक्रमका बीचमा सम्मान गरेको छ ।
मुख्य सचिव भएपछि पहिलो पटक गृह जिल्ला र मावली गाउँ आएका मुख्य सचिव अर्याललाई शनिवार आँधीखोला गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी बधाई ज्ञापनसहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।
मावली गाउँ बसेर पढेका मुख्य सचिव अर्याल आफू पढेको विद्यालय र पालिकाले आयोजना गरेको सो कार्यक्रममा कर्मचारीतन्त्र आलोचित रहेको बताउँदै आफू निजामती कर्मचारीको उच्च पदमा रहेको र आलोचनालाई कम गर्न सक्दो प्रयास गर्ने बताए ।
मुख्य सचिव अर्यालले ७७ जिल्ला नै हेर्नुपर्ने र आँधीखोला तथा आफूले अध्ययन गरेका दुई विद्यालयलाई पहिलो प्राथमिकतामा राखी पालिका र जिल्लाको विकासमा सधैं सहयोग गरेको र अझ धेरै गर्ने बताउँदै आफ्नो कार्यकालमा सुशासन देश बनाउन पाइला चाल्ने बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष सीता थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, गण्डकी प्रदेश सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेल, शिक्षकहरु कृष्ण बन्दु पौडेल, एक नारायण पौडेल, मुख्य सचिवको श्रीमती मायादेवी अर्याल लगायतले मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो