पोखरा नदीपुर स्थित यहाँको एक उत्कृष्ट क्याम्पस पोखरा कलेज अफ मेनेटमेन्ट (पिसिएम) ले स्नातक तहको अध्ययन सम्पन्न गरेका २०१९ ब्याचका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बिदाई गरेको छ ।
लेकसाइड स्थित बरपिपल रिसोर्टमा सांस्कृतिक समारोहका बीच बीबीए, बीसीआईएसका आठौं सेमेस्टर परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सातौं सेमेस्टरका विद्यार्थीले बिदाई गरेका हुन् ।
कलेजकी प्राचार्य लिना श्रेष्ठ नेगीको प्रमुख आतिथ्यता रहेको थियो । उनले आगामी शैक्षिक भविष्यका लागि विद्यार्थीहरुलाई शुभकामना दिँदै अब विभिन्न क्षेत्रमा स्थापित भएर कलेजको नाम थप उचोँ पार्ने विश्वास व्यक्त गरिन् ।

यस कलेजमा अध्ययन गरेका विद्यार्थीले नेपालको सरकारी निकाय तथा उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरूमा रोजगार पाइरहेको बताइन् । बीसीएसआईटीका कोओर्डिनेटर ई. हरिप्रसाद बराल, बीबीए कोओर्डिनेटर हरि अधिकारी लगायत कार्यक्रममा उपस्थित थिए ।


सातौं सेमेस्टरका विद्यार्थी सम्राट गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले एकल तथा सामूहिक नृत्य, गायन लगायतका सांस्कृतिक प्रस्तुति राखेका थिए ।



अञ्जली पौडेलले स्वागत गरेकी थिइन् भने विक्रान्त कुँवरले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा करिब एक सय जनाको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?