पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी सडखण्डमा एक पछि अर्को गरी सवारी दुर्घटना हुन थालेपछि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान क्षेत्रीले हालै गरिएको कालोपत्रे उप्काइदिएका छन्।
सडक मर्मत नगरे डोजर चलाइदिन्छु भनेर चेतावनी दिएका अध्यक्ष चुमानले मंगलबार साँझ सडक कालोपत्रे गरिएको बिटुमिन उप्काइदिएका हुन्।
आँबुखैरेनी गाउँपालिकाको चोकदेखि बजारको चोकसम्मको बिटुमिन डोजर नै चलाएर उप्काइदिएका छन्।

जेठदेखि सडक मर्मतका लागि सडक डिभिजन कार्यालय दमौलीलाई अनुरोध गरे पनि काम नभएको अध्यक्ष चुमानले बताए। सडकमा सवारी चिप्लिएर तीन दर्जनको हाराहारीमा दुर्घटना भएको उनको भनाइ छ।
वैशाखमै मर्मतका लागि अनुरोध गरेपछि बिटुमिन थपिएको थियो। त्यसपछि बिटुमिन पग्लिएर सडक चिप्लिदा दैनिक जसो दुर्घटना भइरहेको उनले बताए ।
सडक डिभिजन कार्यालयसँग गाउँपालिकाले मर्मतका लागि अनुमति माग्दासमेत नपाएपछि उनले दुर्घटना रोक्न यसबाहेकको अरु विकल्प नभएको बताए ।
‘गाउँपालिकाले काम गर्छ भन्दा पनि हुँदैन भन्नुहुन्छ। आफैंले मर्मत पनि नगर्ने। झन्डै तीन दर्जन बढी दुर्घटना भयो’, उनले भने – ‘अब बिटुमिन उप्काइदिएपछि मर्मत गर्लान् ।’
मंगलबार बिहान फेसबुकमा लेख्दै साँझसम्म मर्मतको काम सुरु नभए डोजर चलाएर भत्काइदिने उनले चेतावनी दिएका थिए। उनी लेख्छन्, ‘अब के डोजर लायो भनेर पालिकालाई मुद्दा लाउन आउनुहोला।’
सबै तस्वीरः आरिफ मिया
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु