पोखरा । ‘विश्व सबै प्राणीको साझा घर हो’ भन्ने मूल नाराका साथ विश्व पशुपन्छी दिवस नेपालमा पनि मनाइएको छ । पोखरामा पनि एक कार्यक्रम गरी यो दिवस मनाइयो ।
पशुपन्छी कल्याणका क्षेत्रमा पैरवी गर्दै आएको संस्था एनिमल नेपालले पोखरासहित काठमाण्डौ, चितवन, बारा, नेपालगन्ज विभिन्न कार्यक्रमहरू गरी दिवस मनाएको हो ।
पोखरामा पनि रेवान पोखरा, लेयर्स कुखुरा पालक किसान तथा अण्डा सप्लायर्सहरूसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
हरेक वर्ष अक्टूबर ४ का दिन मनाइने यो दिवस विश्वमा पशुपंछी प्रति हुने विभिन्न किसिमका हिंसा तथा दुर्व्यवहारहरुको विरोध तथा उनीहरूको पनि मानव सरह अस्तित्व छ भन्ने सन्देश स्वरूप विश्वभर मनाउने गरिन्छ ।
अण्डा उत्पादन गर्ने कुखुराको कल्याणका लागि काम गरिरहेको एनिमल नेपालले पर्यटकीय राजधानी पोखरामा रेष्टुरेन्ट संचालकहरूलाई पशुपन्छी कल्याण सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको एनिमल नेपालका सुपरभाइजर देव उपाध्यायले बताए ।
पोखराका विभिन्न रेष्टुरेन्टका प्रतिनिधि, अण्डा उत्पादक किसान तथा अण्डा सप्लायर्सहरूको सहभागिता रहेको कार्यक्रममा खुला रूपमा पालिएका अर्थात तनाव मुक्त वातावरणमा हुर्किएका कुखुराबाट उत्पादित अण्डा उपभोग तथा बिक्री वितरण गर्नु मानव स्वास्थ्यका लागि फाइदाजनक रहेकोमा जोड दिइएको थियो ।
अण्डा उत्पादन गर्ने कुखुराको कल्याणका लागि पैरवी गर्दै आएको एनिमल नेपालले रेवान पोखराका प्रतिनिधिहरूलाई पिंजडामुक्त कुखुराबाट उत्पादित अण्डा उपभोग गर्ने कुरामा प्रतिबद्धताका लागि अनुरोध गरेको छ ।
यो विषय कुखुराको कल्याणका साथै मानव स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएकोले आफूहरू पिंजडामुक्त खोरमा उत्पादित अण्डा बिक्री वितरणमा जोड दिने प्रतिबद्धता उनीहरुले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन