रात्री बसमा सवार भीरकोट नगरपालिका -१ कि एक युवतीलाई अभद्र व्यवहार गर्ने चापाकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रात्री बसमा काठमाडौंदेखी घर आउँदै गरेकी एक किशोरीलाई हेलु भन्ने ठाउँमा बसमै अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा चापाकोट नगरपालिका -५ का २६ वर्षीय कमल शाही र २५ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
पीडित किशोरीले काठमाडौंबाट वालिङ् जाने ग १ ख ९७०१ नम्बरको बसमा क्याबिनमा बसेर आउने क्रममा अभद्र व्यवहार गरेको भन्ने जाहेरीका आधारमा दुवैलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए । उक्त घटनाको आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

`कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।´ भनेर मुलुकी अपराध संहिताको दफा ११८(१) मा उल्लेख गरिएको छ । यदि त्यसो गरेमा कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन