लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा ग्रीन सिटीले श्रीकृष्ण मावि, मासबारका विद्यार्थीलाई ३ वर्षे लामो तेक्वान्दो प्रशिक्षण अवसर दिने भएको छ ।
विद्यालयका तीन जना विद्यार्थीहरु सरिता शाह, ईश्वर घले र अमृत कार्कीलाई निःशुल्क तेक्वान्दो प्रशिक्षणको अवसर प्रदान गरेको हो ।
क्लबले आफ्नो सिग्नेचर कार्यक्रम अन्तर्गत विद्यार्थीलाई तेक्वान्दो प्रशिक्षण दिने भएको हो । आत्मरक्षा, अनुशासन तथा व्यक्तित्व विकासका लागि बालबालिकालाई तेक्वान्दो खेलाउन लागिएको क्लबका अध्यक्ष बलराम लामाले बताए ।
सिग्नेचर प्रोजेक्ट चिफ कुलचन्द्र शर्माले सानैदेखि तेक्वान्दो खेलाउँदा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्ने बताए । ‘यसबाट उनीहरूलाई अनुशासनमा राख्छ,’ उनले भने, ‘त्यसैले बालबालिकालाई सानैदेखि यो खेल खेलाउनु राम्रो हुन्छ ।’
पेरिस पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्द्धनको उदाहरण दिँदै उनले नेपाली खेलकुद इतिहासमै अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक रहेको र तेक्वान्दो खेलबाट धेरै खेलाडीले प्रगति गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले तीन तहको सरकार हुँदासमेत खेल क्षेत्र सधैँ उपेक्षित हुनु परेको बताए। मार्सल आर्ट खेलको क्षेत्रमा तेक्वान्दोले एउटा छुट्टै प्रभाव जमाउँदै अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको उनले बताए।
‘खेलले समाजलाई अनुशासित बनाउने हुँदा खेलकुदलाई बढी ध्यान दिन जरुरी छ। मार्सल आर्टले असल नागरिक बनाउने मात्रै नभई व्यक्तिलाई कसरी आत्मरक्षा गर्ने भनेर सीप सिकाउने भएकोले पनि यसको छुट्टै महत्त्व छ ।’ अर्यालले भने ।
कार्यक्रमा चिफ एडभाइजर किशोर बराल, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुड, डिपार्टमेन्ट सेक्रेटरी नवराज भण्डारी, जोन चियर पर्सन हरिशरण श्रेष्ठ, स्कुल व्यवस्थापन समितिका अध्यक्ष शोभा चन्द्र बराल, पूर्व अध्यक्ष पुरुषोत्तम रेग्मी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिव रचित पौडेलले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?