गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को छैँटौ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ ।
युआरएल सञ्चालक समिति अध्यक्षमा ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् ।
सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा. बसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् । अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ । युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी र आर्थिक सल्लाहकार बालाकृष्ण शर्मा छन् ।
पोखराको सभागृहचोकमा रहेको युआरएलको प्रमुख प्रयोगशालाको अधिवेशनले गुणस्तर कायम राख्न छुट्टै समितिसमेत बनाउने प्रस्ताव पारित गरेको छ । मुख्य कार्यालयसहित युआरएलका सबै शाखा र सेवा केन्द्रको प्रशासनिक कामलाई चुस्त बनाउन तारिणीप्रसाद लम्सालको नेतृत्वमा समिति गठन गरिने भएको छ ।
युआरएल अध्यक्ष ठाकुरले सबै शाखाको साधारणसभा र अधिवेशन मंसिरभित्र सक्ने निर्णय भएको जानकारी दिए । स्थापनाको ११ वर्षको दौरानमा १३ शाखासहित २० ठाउँबाट सेवा दिइरहेको जनाउँदै उनले सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अघि बढेकाले अग्रणी र लोकप्रिय प्रयोगशालाका रुपमा स्थापित भएको उल्लेख गरे ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?