नेपाल सरकारलाई नेपालमा प्राकृतिक वा जलवायु-प्रेरित खतरा वा स्वास्थ्य आपतकालीन अवस्थामा प्रयोग गर्न विश्व ब्याङ्कको कार्यकारी निर्देशक बोर्डले १५ करोड डलर दिएको छ ।
नेपाल डिजास्टर्ट रेजिलियन्स डेभलपमेन्ट पोलिसी क्रेडिट विथ क्याटास्ट्रोफ डिफर्ड डूडाउन अपसन (क्याट डिडीओ) ले विपद्मा काम बढाउने नीति र नियामक सुधारलाई समर्थन गर्छ। यसले प्रभावकारी विपद् प्रतिक्रियाका लागि संस्थागत संयन्त्रलाई बलियो बनाउने काम गर्छ। यसले प्रारम्भिक चेतावनी प्रणाली सुधार गर्न, जोखिम घटाउन र महत्वपूर्ण पूर्वाधारमा जोखिम सूचित लगानी बढाउन सुझाउँछ। यसका साथै सार्वजनिक स्वास्थ्य आपतकालिनका लागि तयारी बढाउन आवश्यक नीति, संस्था र नियामक ढाँचा निर्माण गर्न सरकारलाई सहयोग गर्छ।
माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व ब्याङ्कका क्षेत्रीय कन्ट्री निर्देशक डेभिड सिस्लेनले नेपालले प्राकृतिक र जलवायु-प्रेरित खतराहरू र स्वास्थ्य आपतकालीनको बहु-सङ्कटको सामना गरिरहेको बताए। यो सहयोगले बढ्दो जोखिमहरूविरुद्धको लगानी निर्माण गर्न सरकारको चालेका कदमहरूलाई सहयोग गर्ने बताए।
क्याट डिडिओ एक नवीन विपद् जोखिम वित्तपोषण उपकरण हो, जसले सरकारलाई आफ्ना चलिरहेको विकास कार्यक्रमहरूबाट स्रोतहरू संकुचित नगरी आपतकालीन आवश्यकताहरूमा दूत प्रतिक्रिया दिन मद्दत गर्छ। यो राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्री विपद् राहत कोष जस्ता सरकारको विद्यमान प्रतिक्रिया संयन्त्रको पूरक हुने विश्वास लिइएको छ।
सम्बन्धित खबर
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’