रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बिमा गर्ने भएको छ। गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बिमा गर्ने कार्यक्रम अघि बढाएको हो।
गाउँपालिकाका बालिकालाई प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बालविवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बिमा योजना निर्देशिका २०८१ मा उल्लेख भएबमोजिम पालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडवालले बालिका बिमा कार्यक्रम ई-बोलपत्रवाट खोलेर सम्झौता गरिएको बताए। उनले बालिकालाई शिक्षित बनाउन र चालविवाह रोक्नका लागि बिमा कार्यक्रमले भूमिका खेल्ने बताए। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उपप्रमुख कृष्णप्रसाद पोखेलले बालिका बिमाले मैडहवामा जन्मिएका बालिकाको अभिभावक (बुबा वा आमा) को जोखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बिमा गरिएको बताए।
उनले २० वर्मभित्र बालिकाको बुवा बाआमाको दुर्घटना वा अन्य कुनै कारणबाट मृत्यु भएमा कम्पनीको नियमअनुसार गाउँपालिकाको सिफारिसमा बालिकालाई एकमुष्ठ भुक्तानी गरिने बताए। सम्झौतापत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा र निजहरुले रिफर गरेका स्वास्थ्य संस्थामा छौरी जन्मिएकालाई मात्र यो बिमा योजनामा आबद्ध गराउनुपर्ने छ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ। बिमा कम्पनी र पालिकाबीचमा भएको सम्झौताअनुसार एकमुष्ठ २० वर्षका लागि गाउँपालिकाले बिमा गरेको र बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाके खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ को बजेटमा बालिका बिमाका लागि रु. २५ लाख बजेट विनियोजन गरेको छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’