जिल्ला हुलाक कार्यालय स्याङ्जाले १५० औं विश्व हुलाक दिवसको अवसरमा स्याङ्जाका दुई पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ ।
हुलाक कार्यालय स्याङ्जाले गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेलाई (पत्रपत्रिका) र रेडियो आँधीखोलाका स्टेसन प्रबन्धक तोलाकान्त बगालेलाई (रेडियोकर्मी) विधामा सम्मान गरेको हो ।
हुलाकले सूचना र सञ्चारको क्षेत्रमा सहयोग गरेको भन्दै पत्रकारलाई सम्मान गरेको हो । यस्तै, पत्र वितरक डिलबहादुर गुरुङ, हल्करा दिवाकर न्यौपाने, प्रभाकर शर्मा, सूर्यप्रसाद अर्याल, गीता पाण्डे, केबुल नेटवर्कका लालप्रसाद श्रेष्ठलाई सम्मान गरेको कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए ।
सम्मानित सबैलाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्मान गरेकी थिइन् । कार्यक्रममा सबै हुलाक कार्यालय समयअनुसार गतिशील हुनुपर्ने कुरामा प्रजिअ नेपालले जोड दिइन् । विगतमा मिडिया, इन्टरनेट नहुँदा हुलाक महत्त्वपूर्ण भएको बताउँदै नेपालले क्षेत्र परिवर्तन हुनुपर्ने बताइन् ।
कार्यक्रममा पत्रकार महासङ्घका उपाध्यक्ष भवानी अधिकारी, पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका स्टेसन प्रबन्धक रमेश गोदार लगायतले मन्तव्य व्यक्त गरेका थिए। हुलाक कार्यालय स्याङ्जाले १८ लाख ४४ हजार ८५४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मरासिनीले बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा