स्याङ्जाकाे चापाकोटमा स्केट पार्क सञ्चालनमा आएको छ । चापाकोट नगरपालिका वडा नं. २, पेट्रोल पम्प, सुन्तलीटारमा बनाइएको ‘चापाकोट स्केट पार्क’ को त्यहाँका वडाध्यक्ष टीकाराम श्रेष्ठ (मोहन)ले शुभारम्भ गरे ।
४ जना युवाहरू मिलेर ५५ लाखको लगानीमा चापाकोट स्केट पार्क संचालनमा आएको हो। यसअघि ग्रुपले नेपालका विभिन्न ठाउँमा स्केट पार्क सञ्चालनमा ल्याएको छ । पार्कको शुभारम्भ गर्दै वडाध्यक्ष श्रेष्ठले स्केट पार्कले खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । पछिल्लो समयमा बालबालिकाहरू मोबाइलको लतमा फस्दै गएकाले यस खेलले आकर्षण गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।
स्केट पार्कमा एकै पटकमा १ सय जनासम्म खेल्न मिल्ने चापाकोट स्केट पार्कका सञ्चालक चापाकोट ४ घुर्लिचौरका बाबु खाँण ठकुरीले बताए। खेलले स्वास्थ्य र अनुशासित रहन मद्दत गर्ने भएकाले खेल खेल्नु आवश्यक रहेको सञ्चालक ठकुरी बताउँछन् ।
अर्का सञ्चालक कृष्ण भट्टराईले खेलले किशाेर किशाेरी तथा बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउन सहयोग गर्ने बताए । चापाकोट स्केट पार्क बिहान ९ बजे देखि बेलुकी ९ बजे सम्म खुल्ने उनले जानकारी दिए । पार्कमा खेल्नका लागि प्रतिघण्टा १५० रुपैयाँ शुल्क निर्धारण गरिएको सञ्चालक भट्टराईले जनाए ।
स्थानीय राजन तिमिल्सिनाले स्याङ्जाको चापाकोटमा स्केट पार्क सञ्चालनमा आउनु खुशीकाे कुरा रहेको बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’