स्याङ्जाकाे चापाकोटमा स्केट पार्क सञ्चालनमा आएको छ । चापाकोट नगरपालिका वडा नं. २, पेट्रोल पम्प, सुन्तलीटारमा बनाइएको ‘चापाकोट स्केट पार्क’ को त्यहाँका वडाध्यक्ष टीकाराम श्रेष्ठ (मोहन)ले शुभारम्भ गरे ।
४ जना युवाहरू मिलेर ५५ लाखको लगानीमा चापाकोट स्केट पार्क संचालनमा आएको हो। यसअघि ग्रुपले नेपालका विभिन्न ठाउँमा स्केट पार्क सञ्चालनमा ल्याएको छ । पार्कको शुभारम्भ गर्दै वडाध्यक्ष श्रेष्ठले स्केट पार्कले खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । पछिल्लो समयमा बालबालिकाहरू मोबाइलको लतमा फस्दै गएकाले यस खेलले आकर्षण गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।
स्केट पार्कमा एकै पटकमा १ सय जनासम्म खेल्न मिल्ने चापाकोट स्केट पार्कका सञ्चालक चापाकोट ४ घुर्लिचौरका बाबु खाँण ठकुरीले बताए। खेलले स्वास्थ्य र अनुशासित रहन मद्दत गर्ने भएकाले खेल खेल्नु आवश्यक रहेको सञ्चालक ठकुरी बताउँछन् ।
अर्का सञ्चालक कृष्ण भट्टराईले खेलले किशाेर किशाेरी तथा बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउन सहयोग गर्ने बताए । चापाकोट स्केट पार्क बिहान ९ बजे देखि बेलुकी ९ बजे सम्म खुल्ने उनले जानकारी दिए । पार्कमा खेल्नका लागि प्रतिघण्टा १५० रुपैयाँ शुल्क निर्धारण गरिएको सञ्चालक भट्टराईले जनाए ।
स्थानीय राजन तिमिल्सिनाले स्याङ्जाको चापाकोटमा स्केट पार्क सञ्चालनमा आउनु खुशीकाे कुरा रहेको बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा