पुतलीबजार र विरुवाले स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०२४/२०८१ लिगमा विजयी सुरुवात गरेको छन् । पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जाका ११ वटै पालिकाको सहभागिता रहेको छ ।
स्याङ्जा सहयोग समाज ( अन्तर्राष्ट्रिय समन्वय समिती ) द्वारा आयोजित वालिङ् खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुतलीबजारले वालिङ्लाई २-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पुतलीबजारले वालिङ्माथी २२-२५, २५-२३ र २५-१५ को अङकले जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच पुतलीबजारका सन्जु विक्रम शाह बनेका थिए ।
त्यस्तै, दोस्रो खेलमा विरुवाले अर्जुनचौपारीलाई २-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
विरुवाले अर्जुनचौपारीमाथी २५-१९ र २५-१८ को अङकले सहज जित निकालेको हो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच विरुवाका संजोग परियार बनेका थिए ।
कार्तिक ५ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरणपछि शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने रेफ्री संयोजक चित्र गुरुङले बताए ।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरुको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना २५ हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीलाई १० हजार र विभिन्न विधामा पाँच हजार रुपियाँको दरले पुरस्कृत गरिने छ ।
सम्बन्धित खबर
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
भरुवा बन्दुकसहित एक युवक पक्राउ
कालीगण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श माविलाई
गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य
स्याङ्जामा फरार दोषी पक्राउ: १ हजार जरिवाना तिर्न बाँकीदेखि जजकमा संलग्नसम्म
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट