पोखराको चिप्लेढुङ्गा मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले प्रदर्शन गरेका छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको भनाइ छ ।
उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाएका छन् । गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।
सहकारी पीडित र रास्वपा कार्यकर्ताले प्रदर्शन आयोजना गरेपछि दुवै पक्षसँग कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले छुट्टाछुट्टै छलफल गरेका छन्। अदालती प्रक्रियामा गइसकेको मुद्धामा सहयोग गर्न उनले दुवै पक्षलाई अपिल गरेका छन्।
‘आफ्ना आफ्ना कार्यक्रम शान्तिपूर्ण ढंगले गर्ने, उच्छृंखल गतिविधि नगर्ने, शान्ति सुरक्षा खलल पार्ने काम नगर्नू भनेर दुवै पक्षलाई भनेका छौं,’ सिडिओ पाण्डेले भने, ‘दुवै पक्ष सहमत भएर जानुभएको छ।’
आन्दोलन भन्दा पनि अनुसन्धान र अदालती प्रक्रियामा सहयोग गर्न आग्रह गरेको पनि उनले बताए।
‘हामीले अदालती प्रक्रियामा सहयोग गर्न भन्यौं, उहाँहरु सहमत हुनुभएको छ,’ पाण्डेले भने।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत रकम गैरकानुनी रुपमा गोर्खा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा लगेको भन्दै उजुरी परेको ८ महिनापछि लामिछाने शुक्रबार पक्राउ परेका थिए। उनलाई शनिबार बिहान पौने ३ बजे स्थलमार्गबाट पोखरा ल्याइएको थियो।
उनलाई स्वास्थ्य जाँच गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आज शनिबार सार्वजनिक बिदा भएकोले आइतबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय जनाले बचत गर्न राखेको १ अर्ब ३५ करोड ५३ लाख रुपैया अपचलन गरेको मुद्धा अहिले अदालतमा विचाराधीन छ। उक्त अपचलनका मुख्य योजनाकार मानिएका जिबी राई फरार छन्।
लामिछाने सेयर सदस्य एवं प्रमुख कार्यकारी अधिकृत रहेका बेला सुर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा टेलिभिजनमा लगानी गरेको संसदीय छानविन समितिले निष्कर्ष निकालेको थियो। उक्त रकम टेलिभिजनका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लामिछानेमार्फत खर्च भएको पनि प्रतिवेदनमा उल्लेख छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो