पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छबिलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ । जोशी रवि लामिछानेका व्यावसायिक साझेदार हुन् । गोर्खा मिडिया प्रालिमा उनीहरुको लगानी थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही लगिएको हो । बुटवलमा बयान सकिएपछि फेरि उनलाई पोखरा नै ल्याइने छ । बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप उनीमाथि छन् ।
सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका रास्वपका सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले सोधपुछ थालेको छ । मुद्दाको प्रक्रियाका लागि कागजात जुटाउने सिलसिलामा सोमबार सोधपुछ गरिए पनि बयान भने लिइ नसकिएको बताइन्छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रवि र छवि पक्राउ परेका हुन् ।
एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौंको शंखमुलबाट पक्राउ गरेका थिए । उनलाई सोही दिन जहाजबाट पोखरा ल्याइएको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो