सातौँ संस्करणको महिला साफ फुटबल च्याम्पियनशिपको दोस्रो खेलमा नेपालले कीर्तिमानी जित हासिल गरेको छ ।
घरेलु दशरथ रंगशालाको मैदानमा नेपालले अहिलेसम्मकै फराकिलो जित हासिल गर्ने क्रममा माल्दिभ्समाथि ११-० को जित हासिल गरेको हो ।
दशरथ रंगशालामा नेपाली चेलीहरुले यति ठूलो फराकिलो अन्तरको गोल यसअघि गरेका थिएनन् । नेपालका लागि रेखा पौडेल एक्लैले ५ गोल गरिन् । त्यस्तै प्रिती राईले ३ गोल गरिनन् ।
सविता राना मगर, अमिषा कार्की र अनिता केसीले १-त्र गोल गरे । आधा दर्जन गोल गर्ने अवसर त नेपालले मध्यान्तरअघि नै खेर फालेको थियो ।
पहिलो खेलमा अहिलेसम्म जितमात्रै निकालेको भुटान सामु गोलरिहत बराबरी खेल्दै अंक बाँड्न परेपछि नेपाल दबाबमा रहेको थियो । तर नेपालले माल्दिभ्सलाई भने कुनै मौका नै दिएन ।
यसअघि नेपालले सन् २०१६ मा माल्दिभ्सलाई ९-० पराजित गरेको थियो। पाँच पटकको उपविजेता नेपाल उपाधिका लागि तिर्खाइरहेको छ । तर अहिलेसम्म त्यो अवसर आएको छैन ।
समूह बी को खेलमा नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । भुटानले आजको खेलमा श्रीलंकालाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना कायमै राखेको छ ।
भुटान ४ अंकसहित दोस्रो स्थानमा छ । श्रीलंका ३ अंकसहित दोस्रो स्थानमा छ । नेपाल १ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ । साफमा नेपाल र माल्दिभ्स चार पटक आमने सामने भएका छन् । नेपालले सबै खेल जितेको छ ।
यता नेपालमा फर्केकी साफ च्याम्पियनशिपमा १९ गोल गरिसकेकी सावित्रा भण्डारी ‘साम्बा’ लाई आज मैदानमा भने प्रशिक्षकले उतारेनन् ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’