पोखरा । विराटनगरमा हुने वाईवाई यू–९ राष्ट्रिय पुरुष टी–२० क्रिकेटमा सहभागी हुन गण्डकी प्रदेशको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।
टोलीलाई प्रादेशिक क्रिकेट संघ गण्डकीले पोखरामा शुक्रबार खेलाडी तथा अफिसियललाई जीतको शुभकामनासहित बिदाइ गरिएको अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
उनीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकी सदस्य केशव पाठक, प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सिग्देल, जिल्ला खेलकुद समिति सदस्यद्वय राजन बडगामी र विग्नेश थापा, पोखरा एभेन्जर्सका पुष्पराज त्रिपाठी, गण्डकी क्रिकेटका कोषाध्यक्ष दिवाकर थापालगायतले बिदाइ गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारदेखि उक्त प्रतियोगिता सुरु हुँदैछ ।
गण्डकीको टिममा राष्ट्रिय यू–१९ का राष्ट्रिय खेलाडी अर्जुन कुमालको कप्तानी रहेको छ । जसमा करन पगेनी, सोहेल कुँवर, बंश क्षत्री, सुदीप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द छन् । टिम प्रशिक्षकमा रिजन प्रजु र टिम म्यानेजर अभिषेक ढकाल छन् ।
गण्डकी प्रदेशले आफ्नो पहिलो खेल ११ कात्तिकमा मधेश प्रदेशसँग खेल्दैछ ।
राउण्ड रोविन आधारमा सञ्चालन हुने प्रतियोगिताको फाइनल २१ कात्तिकमा हुनेछ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो