करिब ६ दशक पहिला बनेको पुल जीर्ण भएपछी राम्दीमा नयाँ पक्की पुल निर्माणकार्य तिव्र रुपले अघि बढेको छ ।
गण्डकी प्रदेशको स्याङ्जा जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा जिल्ला जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत रामनदी धाम राम्दीमा पुरानो पुल नजिकै नयाँ पक्की पुल निर्माणकार्यले तिव्र रुप लिएको हो ।
वि. सं. २०२८ मा गण्डकी र लुम्बिनी प्रदेश जोड्ने मुख्य मार्गका रुपमा रहेको सिद्धार्थ राजमार्ग निर्माण भएका बेला ‘स्टिल ट्रस’ हुँदै स्याङ्जा र पाल्पा जिल्लाको सङ्गमस्थल राम्दीमा पुल निर्माण गरिएको थियो । हाल जीर्ण रहेको सो पुलमा दोहोरो आवातजावतमा रोक लगाइएको छ ।
हाल सञ्चालनमा रहेको पुलभन्दा सात मिटर तल अर्को पुल बनाउन नेपाल सरकार सडक विभाग पुल महाशाखाले हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता गरेको थियो ।
पुरानो पुल जीर्ण भएकाले राम्दीमा २७ करोड ७१ लाख रुपियाँ खर्चमा आगामी २०८२ असार मसान्तसम्म सक्नेगरी भएको सम्झौताअनुरूप हिम सगरमाथा कन्स्ट्रक्सनले नयाँ पुल निर्माणकार्यलाई तिव्रता दिएको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख सूचना अधिकारी तथा इञ्जीनियर आशिक रिजालले जानकारी दिए ।
राम्दीमा बन्दै गरेको नयाँ पक्की पुलको चौडाइ ११ मिटर, लम्बाइ एक सय आठ मिटर र दायाँबायाँ झण्डै डेढ मीटरको फुटपाथ रहने पुल आयोजनाले जनाएको छ । नयाँ निर्माण हुन लागेको उक्त पुलको ४० टनसम्मको भारवाहन क्षमता रहने बताइएको छ ।
पुल बनेपछि सिद्धार्थ राजमार्गमा दुईतर्फी आवतजावत सहज हुने स्थानीय बासिन्दाको भनाइ छ । ५३ वर्ष अघि बनेको पुरानो पुल जीर्ण भएपछि चार वर्षदेखि एकतर्फी मात्र यातायात सञ्चालन गरिएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा