पोखरा । राइजिङ पोखरा क्रिकेट क्लब कास्की एकदिवसीय क्रिकेटमा च्याम्पियन भएको छ । ओपनर व्याट्सम्यान अनिल गुरुङले ११९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै १०१ रनको शतकीय पारि खेल्दा टिमलाई च्याम्पियन बनाएका हुन् ।
राइजिङले उपाधिसहित नगद १० हजार साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको । कुल ४ खेल खेल्दै ९०.५ को औशतमा कुल १ सय ९१ रन बनाएका राइजिङ पोखराका अनिल गुरुङ उत्कृष्ट व्याट्म्यान भए । १४ विकेट लिएका पोखरा क्रिकेट क्लबका देव शाह उत्कृष्ट बलर हुँदै ट्रफी हात पारे ।
पोखरा क्रिकेट क्लबका केही महत्वपूर्ण सदस्य बाइ–बाई यू–१९ राष्ट्रिय क्रिकेटमा सहभागी हुन विराटनगर जाँदा ६ विकेटले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुग्यो ।
राइजिङले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा बिमल विक्रम खत्रीले अर्धशतकीय पारि खेले । अमन सुवेदीको बलमा बोल्ड हुनुअघि बिक्रमले ६६ बलमा ६ चौका र ४ चौका प्रहार गर्दै ६९ रनको योगदान दिए ।
त्यस्तै, कृष्ण पौडेल नटआउट २७ रन जोडे । उनले १७ बलमा १ चौका ३ छक्का प्रहार गरे । ४१.२ ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाउँदै उपाधि जितेको राइजिङका लागि निर्मल क्षेत्रीले १ चौका र १ छक्का प्रहार गर्दै १४ बलमा १६ रन बनाउँदै देव शाहको बलमा बोल्ड भए । देव शाहले नविन पोख्रेललाई व्यक्तिगत ५ रनमा आउट गरे भने १ रन बनाएका अश्विन अधिकारीलाई एलबिडव्लु धरापमा पारे ।
उता, टस हारेर पारिको सुरुवात गरेको पोखरा क्रिकेट क्लबले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३८ अतिरिक्त रनसहित २२४ रन बनायो । यू–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका सुभाष भण्डारीले पाँचौ विकेटका लागि १०५ बलमा ९ चौका र १ छक्काको मद्धतमा ८८ रनको नटआउट पारि खेले । मुस्कान थापाले ३१ बलमा ३२ रन बनाए ।
अर्जुन बुढाथोकी ११, रोशन पौडेल १३, मनिष भण्डारी ४, अनिष खड्का २, इशान श्रेष्ठ १८, देव शाह १०, विजय रावत ६ र अमन सुवेदीले नट आउट २ रन बनाए ।
पोखरा क्रिकेट क्लबका लागि देव शाहले १० ओभरमा ४६ रन दिएर ३ विकेट लिए भने १ विकेट अमन सुवेदीले आफ्नो नाममा लेखाए । सुभाष भण्डारी म्यान अफ दि सिरिज बने ।
गत १ कात्तिकदेखि सुरु प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो