स्याङ्जाको भीरकोट नगरपालिकाले सुत्केरी भैंसी पोषण भत्ता कार्यक्रम शुरु गरेको छ ।
पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न, पशुको स्वास्थ्य सुधार र गाउँमै स्वस्थ दुध उत्पादनलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।
भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले उक्त कार्यक्रम अनुसार प्रत्येक सुत्केरी भैंसीका लागि कृषकलाई तीन हजार रुपियाँ पोषण भत्ता प्रदान गरिने बताउँदै यस कार्यक्रमले स्वस्थ दुधको आपूर्ति बढाउने, ग्रामीण क्षेत्रमा स्वच्छ र पौष्टिक दुध उपभोक्तालाई प्रात्साहित गर्ने र निरोगी समाज निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिए ।
भत्ता प्राप्त गर्न कृषकले निवेदन, वडाको सिफारिस, टोल मुचुल्का, नागरिकताको फोटोकपी, सुत्केरी भैंसी पाडीको फोटो र बैंक खाताको चेकको प्रतिलिपी बुझाउनुपर्ने भीरकोट नगरपालिका पशु शाखाले जनाएको छ । पशु प्राविधिक थान प्रसाद तिवारीले भने सामाजिक सुरक्षा भत्ता प्राप्त हुने बैंक खाताले नहुने प्रष्ट पारे ।
नगरपालिकाले यसका अनुगमनका लागि निरीक्षणको प्रावधान राखेको र भत्ता दिइनु अघि भैंसीको वास्तविकता र अवस्था मूल्याङ्कन गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको पशु शाखाका अनुसार भैंसी पोषण भत्ता कार्यक्रमको लागि करिब पाँच सय आवेदन परेका छन् ।
यस कार्यक्रमका लागि आर्थिक वर्ष ८१/८२ मा १० लाख रुपियाँको बजेट विनियोजन गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा