स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -२ स्थित तल्लो खाल्टेमा आज बिहानै गोठमा आगोलागी भएको छ । आगोलागीबाट गोठमा क्षति भएपनि चौपायाहरु सुरक्षित रहेका छन् ।
आइतबार बिहान स्थानीय भीमबहादुर अधिकारीको ढुङ्गामाटोले बनेको कच्ची गोठमा आगोलागी भएको हो । स्थानीय र युवाहरुको सहायतामा गोठमा भएका भैंसी, बाख्राहरु भने सुरक्षित रुपमा सारिएको थियो ।
अधिकारीकी श्रीमती ज्ञान कुमारीले बिहान उठेर अगेनाबाट खरानी उठाएर गोठको पालीमुनी बोरामा राखेकोमा उक्त बोरामा भएको खरानीबाट आगो निस्किएर पाली हुँदै गोठमा सल्किएको हो । आगोलागीबाट गोठमा क्षति भएको छ ।
खरानीको बोरा राखेको ठाउँमा मकैका खोस्टा र सुकेको दाउरा समेत सल्किँदै जाँदा गोठमै आगोलागी भएको थियो । गोठको माथिल्लो भागमा रहेका परालका भारीहरुले आगो निभाउन कठिनाई भएतापनी करिब ३० जना युवाहरु त्यहीँ नजिकैको खेलमैदानमा भएकोले तुरुन्तै गई आगो नियन्त्रणमा लिन सफल भएका थिए ।
घरधनी अधिकारी भने दुई दिन अघि मात्र भाइटीका लगाउन बुटवल गएका थिए ।
सम्बन्धित खबर
स्याङ्जा कारागारमा मानवअधिकारकर्मी सहितको निरीक्षण
अर्जुनचौपारीमा रेबिज रोग सम्बन्धी सचेतना गोष्ठी
मौलिक संस्कृतिको संरक्षण गर्न अभ्यास गराउँदै आँधीखोला बोर्डिङ
ऎतिहासिक पूजामा अर्जुनचौपारीको नि:शुल्क स्वास्थ्य सेवा
अर्जुनचौपारीमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो