हाल देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगालमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।
जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा, बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमतापको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित खबर
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, गण्डकी प्रदेशका हिमाली भूभागमा हिमपातको सम्भावना
यी तीन प्रदेशमा आज वर्षाको सम्भावना
देशभर जाडो बढ्दै, पानी पर्ने सम्भावना कति ?
यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
तराईमा हुस्सु, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भागमा हल्का वर्षाको सम्भावना
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो