सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न मंगलबार थप म्याद थपिएकाे छ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले कात्तिक १५ गतेदेखि लागु हुने गरि थप १० दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । कास्की प्रहरीले भने लामिछानेलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अदालतसंग अनुमति मागेको थियो तर अदालतले १० दिन मात्र म्याद थप गर्ने निर्णय गरेको छ।
रविलाई तेस्राे पटक म्याद थपिएकाे हाे । उनलाई हिरासतमा राख्न अदालतले दोस्रोपटक ७ दिनलाई दिएको म्याद कात्तिक १४ गते सकिएको थियो ।
सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो ।
काठमाडौंस्थित पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ ।
सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्न लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेपछि अदालतमा भएको बहसमा लामिछानेको तर्फबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्त लगायतले बहस गरेका थिए उनीहरुले लामिछानेको बयान सकिएकाले रिहा गर्न माग गरेका थिए।
अदालतमा सहकारी पीडितको तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले थुनामै राखी अनुसन्धान गर्नुपर्ने भनि बहस गरेका थिए।
लामिछानेसँगै सूर्यदर्शन सहकारीकै रकम ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासता रहेका गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि १० दिन म्याद थप भएको छ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’