सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न मंगलबार थप म्याद थपिएकाे छ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले कात्तिक १५ गतेदेखि लागु हुने गरि थप १० दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । कास्की प्रहरीले भने लामिछानेलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अदालतसंग अनुमति मागेको थियो तर अदालतले १० दिन मात्र म्याद थप गर्ने निर्णय गरेको छ।
रविलाई तेस्राे पटक म्याद थपिएकाे हाे । उनलाई हिरासतमा राख्न अदालतले दोस्रोपटक ७ दिनलाई दिएको म्याद कात्तिक १४ गते सकिएको थियो ।
सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो ।
काठमाडौंस्थित पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ ।
सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्न लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेपछि अदालतमा भएको बहसमा लामिछानेको तर्फबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्त लगायतले बहस गरेका थिए उनीहरुले लामिछानेको बयान सकिएकाले रिहा गर्न माग गरेका थिए।
अदालतमा सहकारी पीडितको तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले थुनामै राखी अनुसन्धान गर्नुपर्ने भनि बहस गरेका थिए।
लामिछानेसँगै सूर्यदर्शन सहकारीकै रकम ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासता रहेका गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि १० दिन म्याद थप भएको छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो