पोखरा महानगरपालिकाले स्थायी नियुक्ति दिएका १ सय २९ कर्मचारीको नियुक्ति बदर भएको छ ।
प्रदेश लोक सेवा आयोगको सहमति बेगर स्थायी गरिएको भन्दै यही कात्तिक १४ गते उक्त नियुक्तीको खारेज गरिदिएको हो । लामो समयदेखि काम गर्दै आएका १ सय २९ कर्मचारीलाई पोखरा महानगरले केही समय अगाडि आन्तरिक रुपमा प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पदपूर्ति समिति गठन गरी आन्तरिक प्रतिस्पर्धाका आधारमा उनीहरु स्थायी भएका थिए । महानगरको यो कामले गण्डकी प्रदेशका अरु स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा बढुवामै असर परेको आयोगले भनेको छ ।
यहि नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा सरुवा भएका हुन् । उनी अहिले तनहुँको प्रमुख जिल्ला अधिकारी छन् ।
‘आयोगको एकल र अच्छुण अधिकारलाई प्रतिकूल प्रभाव पार्ने गरी पोखरा महानगरपालिकाबाट आफ्नो क्षेत्राधिकार बाहिर गई दिइएको नियुक्ति गलत छ,’ आयोगले निर्णयमा भनेको छ, ‘योग्यता प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने, खुला प्रतिष्पर्धात्मक परीक्षाका लागि उम्मेद्वारहरु प्रतिष्पर्धात्मक अवसरबाट बञ्चित भएको समेत देखिएको हुँदा उक्त निर्णय बदर गरिएको छ ।’
सर्वोच्च अदालतबाट १९ कर्मचारीका लागि आदेश आए पनि महानगरले भने त्यहि घानमा राखेर १ सय २९ जनालाई नियुक्ति दिएको हो । यसरी स्थायी नियुक्ति पाउनेनमा २ दशकभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरु छन् ।
आन्तरिक प्रतिस्पर्धाका नाममा कर्मचारी नियुक्ति गर्दा गण्डकी प्रदेशभित्रका स्थानीय तहमा हाल कार्यरत कर्मचारीको सरुवा बढुवा लगायतको वृत्ति विकासको अवसरबाट वञ्चित गराइएको साथै नेपालको संविधानले परिकल्पना गरेको समावेशितायुक्त प्रतिनिधिमूलक सार्वजनिक प्रशासनको भावना विपरीत समावेशिताको अवसरबाट वञ्चित गराइएको आयोगको भनाइ छ । योग्यता प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने, खुला प्रतिस्पर्धात्मक परीक्षाका लागि उम्मेदवारहरु प्रतिस्पर्धात्मक अवसरबाट वञ्चित भएको समेत देखिएको हुँदा उक्त निर्णय बदर गरिएको आयोगले जनाएको छ ।
स्थायी नियुक्ति पाउनेमा अधिकृत छैटौं तहका प्राविधिक र प्रशासनका ७ जना, सहायक स्तर पाँचौ तहका प्रशासन, सव इन्जिनियर र कम्प्युटर अपरेटर ११ जना, सहायक स्तर चौंथो तहका प्रशासन कर्मचारी ३१ जना छन् । यस्तै, सहायक स्तर चौंथो स्वास्थ्यका ३ जना, खानेपानीका ३ जना, सहायक स्तर प्रथम तहका कार्यालय सहयोगी ३४ जना, नगर प्रहरी ८ जना, हेल्पर ९ जना, फायर मेन ३ जना र कुचिकार ८ जना, चौकीदार ३ जना, ज्यामी र डुंगा चालक २ जना, सवारी चालक ६ जना र माली १ जना छन् ।
१२९ जनाको विवरणः


सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?