सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठ चरित्रहत्या गरेको जनाएको छ ।
कास्की जिल्लाभरि कैं सहकारी पीडितहरुको नेतृत्व गरेका श्रेष्ठलाई बदनाम गराएर संघर्ष समितिबाट हटाउन सके ठगहरुलाई चलखेल गर्न सजिलो हुने भन्दैं पटक–पटक श्रेष्ठमाथि झुटो आरोप लगाएर चरित्रहत्या र बदनाम गर्ने काम भईरहेको छ ।
सहकारी ठगीमा संलग्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघका उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का व्यवसायिक साझेदार रहेको पोखराको स्थानीय पत्रिका समाधानले ठगहरुलाई बचाउन पटक–पटक गलत समाचार सम्प्रेषण गर्दै आईरहेकोमा पछिल्लो समय रास्वपाका कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत् झनै चरित्रहत्या हुने गरी झुटो आरोप लगाउँदैं आइरहेका छन् ।
पीडितहरुको आन्दोलनलाई नै तुहाउने षडयन्त्रका साथ बारम्बार प्रहार हुन थालेपछि संघर्ष समितिका सचिवले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले संघर्ष समितिका अध्यक्ष श्रेष्ठको चरित्र हत्या र मानव अधिकार हनन गरेको जनाएको छ ।
‘उहाँहरुकै पार्टीको नाम भएका आधिकारिक फेसबुक पेज, समूह र त्यही पार्टीसँग आबद्ध भएर आफ्नो पहिचान बनाउनु भएका व्यक्तिहरुको सामाजिक सञ्जाल फेसबुक पेजबाट गलत र झुटा कुराहरुको सम्प्रेषण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । संघर्ष समितिका अध्यक्ष विरुद्ध रास्वपाका सिंगो पार्टी र साइबर सेना लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस विज्ञप्तिको पूर्ण पाठ

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’