सूर्यदर्शन बचत पीडित संघर्ष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठ चरित्रहत्या गरेको जनाएको छ ।
कास्की जिल्लाभरि कैं सहकारी पीडितहरुको नेतृत्व गरेका श्रेष्ठलाई बदनाम गराएर संघर्ष समितिबाट हटाउन सके ठगहरुलाई चलखेल गर्न सजिलो हुने भन्दैं पटक–पटक श्रेष्ठमाथि झुटो आरोप लगाएर चरित्रहत्या र बदनाम गर्ने काम भईरहेको छ ।
सहकारी ठगीमा संलग्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघका उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का व्यवसायिक साझेदार रहेको पोखराको स्थानीय पत्रिका समाधानले ठगहरुलाई बचाउन पटक–पटक गलत समाचार सम्प्रेषण गर्दै आईरहेकोमा पछिल्लो समय रास्वपाका कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत् झनै चरित्रहत्या हुने गरी झुटो आरोप लगाउँदैं आइरहेका छन् ।
पीडितहरुको आन्दोलनलाई नै तुहाउने षडयन्त्रका साथ बारम्बार प्रहार हुन थालेपछि संघर्ष समितिका सचिवले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले संघर्ष समितिका अध्यक्ष श्रेष्ठको चरित्र हत्या र मानव अधिकार हनन गरेको जनाएको छ ।
‘उहाँहरुकै पार्टीको नाम भएका आधिकारिक फेसबुक पेज, समूह र त्यही पार्टीसँग आबद्ध भएर आफ्नो पहिचान बनाउनु भएका व्यक्तिहरुको सामाजिक सञ्जाल फेसबुक पेजबाट गलत र झुटा कुराहरुको सम्प्रेषण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । संघर्ष समितिका अध्यक्ष विरुद्ध रास्वपाका सिंगो पार्टी र साइबर सेना लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस विज्ञप्तिको पूर्ण पाठ

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो