गल्याङमा स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श

गल्याङमा स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श

galyang pragya pratishthan

गल्याङ प्रज्ञा प्रतिष्ठानले स्थानीय प्रज्ञा प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श गरेको छ ।

प्रतिष्ठानले नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, गण्डकी प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा भाषा, कला, सङ्गीत एवं संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्न प्राज्ञिक विमर्श गरेको छ ।

गल्याङ नगरपालिका-३ मा ‘स्थानीय प्रज्ञा-प्रतिष्ठान’ विषयक प्राज्ञिक विमर्शमा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले परिणाम आउने खालका कार्यक्रम ल्याउनुपर्ने बताए । उनले नेपालमा खोज, अनुसन्धान, छलफल र अन्तक्रिर्या वढी हुने गरेको बताउँदै उपलब्धि नहुने खालका कार्यक्रम गर्नुभन्दा परिणाम दिने खालका गर्नुपर्ने बताए ।

प्राज्ञिक विमर्शमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले नेपालको भाषा विकासको क्रममा रहेको भन्दै अझै पनि बहसको प्रक्रिया नसकिएको बताए ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव कुष्मा महरा प्रगति, गण्डकी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति गोरे गुरुङलगायतले स्थानीय तहमा पनि प्राज्ञ-प्रतिष्ठान गठन गरी भाषा, कला, सङ्गीत र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ