अर्जुनचौपारी गाउँपालिकाले बाँड्यो आलूको बीउ

अर्जुनचौपारी गाउँपालिकाले बाँड्यो आलूको बीउ

aalu bitaran

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले अनुदानमा आलूको बीउ वितरण गरेको छ ।

चालू आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रम अनुसार पालिका क्षेत्रभित्रका आमा समूहहरुलाई ५० प्रतिशत मूल्य अनुदान र समूहको ५० प्रतिशत मूल्य सहभागितामा आलूको बीउ वितरण गरिएको हो ।

जनकदेव/कार्डीनल (रातो), MS४२ (निलो) र खुमल उज्ज्वल (सेतो) जातका करिब २०० क्वीन्टल बीउ वितरण गरिएको कृषि शाखाका प्रमुख प्रतीक अर्यालले जानकारी दिए ।

आमा समूहहरुलाई हौसला प्रदान गरी व्यावसायिकतातर्फ उन्मुख गर्न पालिकाले नै अनुदानमा बीउविजन वितरण गरेको शाखा प्रमुख अर्यालले बताए ।

पालिकाभित्रका करिब ५० आमा समूहहरु मार्फत बीउ वितरण गरिएको पालिकाले जनाएको छ । आमा समूहहरुले ५० प्रतिशत अनुदानपछि प्रतिकेजी आलूको मूल्य ४० रुपियाँ तिरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ