दोस्रो पुतलीबजार कपको उपाधि विजेता खेलाडीलाई वडाको सम्मान

सम्मान

दोस्रो पुतलीबजार कपको उपाधि विजेता खेलाडीलाई वडाको सम्मान

kheladi samman

स्याङ्जा युथ क्लबद्वारा आयोजित दोस्रो पुतलीबजार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर -१३ को प्रतिनिधित्व गर्दै दोस्रो पुतलीबजार कप अन्तर वडा स्तरीय प्रतियोगितामा उपाधि जितेका स्मृति युथ क्लबका खेलाडीहरुलाई वडा कार्यालयले खादा ओढाएर सम्मान प्रदान गरेको हो ।

खेलाडीहरुको प्रोत्साहनका लागि वडा कार्यालयले सम्मान गरेको वडा सदस्य सुर्य बहादुर रोकाहाले बताए ।

क्लबका खेलाडीहरु, प्रशिक्षक र क्लबका अध्यक्षलाई वडा अध्यक्ष जुद्ध बहादुर थापा (मगर)ले सम्मान गरेका हुन् । खेलाडीहरुलाई सम्मान गर्दै वडा अध्यक्ष थापाले खेलको माध्यमबाट पनि वडालाई चिनाउन सफल हुँदा वडाको गौरव बढेको बताए ।

स्मृति युथ क्लब खेलमा मात्र नभई सामाजिक कार्यमा समेत अग्रसर रहेको क्लबका अध्यक्ष भीम रानाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ