पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा पर्यटकमाथि ज्यादती र हैरानी हुने गरेको गुनासो आउन थालेको छ । साथै लेकसाइड भित्रिने राष्ट्रबैंकचोक, फिस्टेल गेट, बाराहीचोक, हल्लनचोकदेखि जरेबरसम्म मुख्य पर्यटकीय क्षेत्रभित्र मोटरसाइकलमा आएका केही अपरिचित व्यक्तिले पर्यटकमाथि दुव्र्यवहार गर्ने र अपशब्द बोल्ने जस्ता गतिविधि गरेको बताइएको छ ।
होटल संघ पोखरा नेपाल र होटल प्रतिनिधि समाज पोखराले संयुक्त विज्ञप्ति प्रकाशित गरी लेकसाइड वरपर विगत केही समययता पर्यटकमाथि ज्यादती, हैरानी हुन गएको भन्दै व्यापक जनगुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी र समाजका अध्यक्ष माधव लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरि लेकसाइड भित्रिने राष्ट्रबैंकचोक, फिस्टेल गेट, बाराहीचोक, हल्लनचोकदेखि जरेबरसम्म मुख्य पर्यटकीय क्षेत्रभित्र मोटरसाइकलमा आएका केही अपरिचित व्यक्तिले पर्यटकमाथि दुव्र्यवहार गर्ने र अपशब्द बोल्ने जस्ता गतिविधि गरेको पाइएको छ ।’
‘साथै अस्वस्थ प्रतिस्पर्धा गर्ने मनसायले गल्लीगल्लीमा बसी, सस्तो दरभाउमा आगन्तुक तान्ने, मोलमोलाई गर्ने, अमर्यादित क्रियाकलापका साथै यौनजन्य गतिविधिमा समेत उक्साउने र बाध्य गराउने गरेको पनि पाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘यी र यस्ता गतिविधिले समग्र पर्यटन क्षेत्रलाई बद्नाम गराउने हाम्रो निष्कर्ष छ, अबका दिनमा यी र यस्ता गतिविधि रोक्न हामी जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
अबका दिनमा पनि यस्ता गतिविधि नरोकिए वा पर्यटकमाथि धरपटक र ज्यादती भइरहेमा हामी कानूनी प्रक्रियामा जान बाध्य हुने दुवै संस्थाले चेतावनी दिएको छ ।
साथै अबका दिन यस्ता गतिविधि कहीँ कतै भएको पाइएमा तत्कालै जिल्ला प्रशासन कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र पर्यटक प्रहरी कार्यालय पोखरामा खबर गरिदिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘पर्यटकमाथि हुने यस्ता गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयका साथै सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
विज्ञप्ति

सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो