पोखरा । विद्यार्थीहरूको पढाइका सँगसंगै उनीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रमका विशेष अतिथि तथा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको बताउँदै विद्यार्थीहरूबाट विभिन्न संस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको बताए ।
विद्यालयका हरेक छोराछोरीहरू प्रकृतिका अनुपम उपहार भएको बताउँदै बगैँचारुपी फूलहरूले बारबार स्याहार सुसार र हेरचाह पाएर फक्रने र फुल्ने मौका पाएकोे बताए ।

विद्यार्थी केन्द्रित उक्त कार्यक्रममो कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा नृत्य विधाअन्तर्गत करिव असी ओटा विधाहरूमा विभिन्न जातजाति, क्षेत्र, सामाजिक, संस्कृति झल्कने नृत्यहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कक्षागत रुपमा भएको उक्त कार्यक्रममा कक्षा छ बाट सुरक्षा चपाई र स्मृति तिमिल्सिना प्रथम, साहिल थापाको समूह द्वितीय, समृद्धि पराजुली तृतीय र साजल ताम्राकारको समूह, दीपशिखा केसी, अभिषेक सुवेदी र क्षितिज सापकोटा सान्त्वना भएका छन् ।
त्यसैगरी, कक्षा ७ र ८ बाट अदिति श्रेष्ठ र वर्षा गुरुङ प्रथम, सिल्विया के सी र आर्या थकाली द्वितीय, दिव्या पौडेल, आसिमा सेन र सामना कँडेल तृतीय र जोतिन्मा ताम्राकारको समूह र जेवीना गुरुङ सान्त्वना भएका छन् ।

त्यस्तै, कक्षा ९ र १० बाट चाहना थापाको समूह प्रथम, सान्भी लमिछानेको समूह द्वितीय, ग्लोरी राना र क्रिसा बालकोटी तृतीय र व्रिmस्पी श्रेष्ठको समूह सान्त्वना भएका छन् ।
कक्षा दशमा अध्ययनरत छात्र सुशान्त भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रम कक्षा ९ मा अध्यनरत प्रशन्न ढकालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रममा मिलन तामाङ र युवराज गुरुङले निर्णायकको भूमिका गरेका थिए ।
कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थीहरू दीक्षान्त थापा, लक्षिता राना र सिजन गुरुङले गरेका थिए । विजेताहरूलाई विद्यालयका प्राचार्य किरण सापकोटा, सहायक प्राचार्यद्वय प्रदीप खनाल, बुद्धिमोहन पौडेल लगायत अन्य अतिथिहरूले पुरस्कार वितरण गरेका विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’