पोखरा । ‘बडा तिहार’ मनाउने खर्च जोहो गर्न सुर्खेतबाट लोपोन्मुख नेपाली जाति राउटेको टोली पोखरा आइपुगेको छ ।
राउटे मुखियाको नेतृत्वमा ७ जनाको टोली हिजो पोखरा आइपुगेको र आज उनीहरुले पोखरा महानगरपालिकाका जनप्रतिनिधिसँग भेटघाट गरेका छन् ।
आफूहरु एकसरो लुगा, चामल, तेल, दाल तथा खसीका लागि आवश्यक पर्ने रकम जुटाउन पोखरा आइपुगेको राउटे मुखिया शेरबहादुर रासकोटी शाहीले बताए ।
मङ्सिरमा बडा तिहार मनाउने गरिएकोमा यस वर्ष यही १२ गतेबाट उक्त चाड सुरु हुने र लगातार ५ दिनसम्म चल्ने उनले जानकारी दिनुभयो । उहाँले १० वर्ष अगाडि समेत पोखरामा सहयोग उठाउन आएको स्मरण पनि गरे ।
टोलीले गण्डकी प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की लगायतबाट पनि सहयोग प्राप्त हुने आशा गरेको छ । बडा तिहारमा ७-८ वटासम्म खसी काट्नुपर्ने र सोही अनुसार रासनपानी चाहिने भएकोले खर्च जोहो गर्नु परेको उनीहरुको भनाइ छ ।
राउटे जातिलाई चाडपर्वको बेला खर्च जुटाउन र जाडो मौसममा एकसरो लुगा जुटाउन समेत समस्या हुने गरेको छ । सुर्खेतमा ४६ घरधुरीमा गरी करिब २ सयको हाराहारीमा छन् । त्यसका साथै राउटेको टोलीले फेवाताल लगायत पोखराका महत्वपूर्ण पर्यटकीय स्थलको अवलोकनसमेत गरेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो