स्याङ्जाको फेदीखोला गाउँपालिका -१ मट्टीखानमा अवस्थित अयरपानी सामुदायिक होमस्टेको अवलोकन भ्रमणमा निस्किएको स्याङ्जाली पत्रकारहरुको टोलिले आँधीखोला फाउन्डेसनको परिकल्पना निर्माण गरेको छ ।
विभिन्न ठाउँ र तहबाट सामाजिक कार्यमा अग्रसर रहेकोमा अब एकै ठाउँबाट सामाजिक कार्यमा आफ्नो टिमको सक्रियता बढाउने उद्देश्यले फाउन्डेसनको परिकल्पना गरिएको पत्रकार रोशन लामिछानेले बताए ।
लामिछानेले केही नयाँ मोडेलमा कार्य गर्ने गरि फाउन्डेसनको परिकल्पना गरेको र समाज रुपान्तरणमा प्रस्तावित फाउन्डेसनको महत्त्वपूर्ण पहल रहने बताए । पत्रकारहरुको टोलिले आँधीखोला फाउन्डेसनको ड्राफ्ट तयार गरिसकेको र यसले छिट्टै निचोड पाउने लामिछानेले जानकारी दिए ।
पत्रकारहरुको टोलि सामुदायिक होमस्टेलाई प्रवर्द्धन र प्रचारप्रसार गर्नुपर्छ भन्ने उद्देश्य बोकेर अयरपानी सामुदायिक होमस्टे पुगेको थियो । स्याङ्जाली पत्रकारहरुको यो टोलि (घरबास पर्यटन) होमस्टे प्रवर्द्धन र व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बेला बेलामा पर्यटकीय गाउँहरुको अवलोकन गर्दै आएको छ ।
७ वर्ष पहिला स्थापना गरिएको भए पनि अयरपानी सामुदायिक होमस्टे सक्रिय ढंगबाट संचालनमा आएको भने ३ वर्ष मात्रै भएको अयरपानी सामुदायिक होमस्टे संचालन समितिका अध्यक्ष सपना गुरुङले बताइन् । अयरपानीमा १७ वटा घर भएपनी अहिले १० वटा घरहरुलाई होमस्टे अर्थात् घरबास पर्यटनको रुपमा संचालनमा ल्याइएको उनको भनाइ छ ।
त्यहीँका स्थानीय उत्पादन तथा स्थानीय परिकार र खानाहरुबाट अतिथी सत्कार गरिँदै आएको र अझै व्यवस्थित गरिँदै लैजाने सिरान घरे होमस्टे संचालक जसमाया गुरुङले बताइन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ