पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ता साधारणसभा गर्न जुटेका छन् ।
बचतकर्ताले साधारण सभा बोलाएर नयाँ कार्यसमिति चयन गर्न खोजेको संघर्ष समितिका संयोजक किरण श्रेष्ठ बताउँछन् । साधारण सभाले नयाँ कार्यसमिति चयन गरेर सहकारीले लगानी गरेको पैसा उठाउने उनको भनाइ छ ।
संघर्ष समितिका संयोजक श्रेष्ठको नेतृत्वमा शनिबार साधारण सभा बोलाइए पनि गणपुरक संख्या (कोरम/५१ प्रतिशत उपस्थिति) नपुगेपछि साधारण सभा स्थगित भएको छ । यद्यपि दोस्रोपटक ३१ प्रतिशत पुगेपछि साधारण सभा गरिने संघर्ष समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका र सहकारी रजिस्ट्रारको कार्यालयबाट अनुमति लिएर साधारण सभा गर्न लागेको र गणपुरक संख्या ११ सय ३० जना चाहिनेमा करिब ८ सयजना मात्र उपस्थित भएपछि स्थगित भएको श्रेष्ठले जानकारी दिए । दोस्रो चरणमा साधारण सभा हुने श्रेष्ठको अपेक्षा छ ।
सूर्यदर्शन सहकारीका १ हजार ३६ जना बचतकर्ताले १ अर्ब ११ करोड बचत रकम फिर्ता पाउनुपर्ने दाबी गर्दै प्रहरी कार्यालयमा दिएका छन् ।
अपचलनका मुख्य आरोपित जिबी राई अझै फरार छन् । यद्यपि सहकारीमा जोडिएका अन्य केही आरोपितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । यसमध्ये यही सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यति बेला कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘सूर्यदर्शन सहकारीको अहिले अर्बौं रकम अपचलन भएको छ, त्यसमा केही व्यक्तिले खल्तीमा राखे । केही सहकारीले बजारमा लगानी गरेको छ । त्यसमध्ये करिब १४/१५ करोड बजारमा छ । केही धितोमा छ । केही बिनाधितोमा छ । केही हायरपर्चेजको लोन छ । त्यसलाई नयाँ कार्यसमितिले उठाउँछ,’ उनले भने ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?